Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
सुनको आपूर्ति तत्काल वृद्धि गर्न माग
आर्थिक पाटी संवाददाता
२०७७-११-१९
बिचार / प्रतिक्रिया
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गरेको हो ।
ब्यवसायीसँगको भेटपछि सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताए । सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तचर्फपनि सरकार सचेत रहेको उल्लेख गर्दै ब्यवसायीका माग सिघ्र सम्वोधन गर्ने प्रद्धिवतता व्यक्त गरेको थिए ।
सचिव भट्टराइले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सिघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिवद्ध रहेको बताए । सुनचाँदी ब्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारिका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुरका तर्फवाट अगाडि सारिएका अन्य मागहरुलाई सम्वोधनगर्न आफूले सम्वन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समासधानगर्न सचिव भट्टराईसुँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनकाक्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालकालागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औंल्याए । आवश्यकता अनुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
कतारीे मुद्रा १७ असारदेखि नचल्ने, सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह
ताजा अपडेट
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त