कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप

कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।
 
सो इकाईका लागि सर्वसाधारणले अब फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्। मागभन्दा बढी इकाईका लागि आवेदन परेमा सो मितिभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएको छ ।
 
कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
 
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
 
१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
 
कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
 
No comment yet. Be the first one to comment.