Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
4k युट्युब भिडियो अब एन्ड्रोइड फोनमै हेर्न सकिने
एजेन्सी
२०७७-११-११
बिचार / प्रतिक्रिया
अन्ततː गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् ।
यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे ।
अब चाहिँ युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउनेछन् ।
आफ्नो एन्ड्रोइडको युट्युब एपमा रिजोलुसनलाई अधिकतम बनाउनका लागि युट्युब एपमा भिडियो खोलेर माथिल्लो भागमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गर्ने र त्यहाँको प्लेब्याक अप्सनमा गई अधिकतम रिजोलुसन छनोट गर्नुपर्दछ ।
त्यसअघि तपाईंले गुगल प्लेमा गएर आफ्नो युट्युब एप अपडेट गरेर फोर के एचडीआर प्लेब्याक सपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।
तथापि फोर के भिडियो चलाउँदा यसले मोबाइल डाटा धेरै खपत गर्नुका साथै इन्टरनेट स्पिडलाई पनि घटाइदिन सक्दछ । यसका साथै ब्याट्री समेत छिटो रित्तिन सक्दछ ।
स्मरण रहोस् युट्युबले हालैमात्र नयाँ जेनेरेसनका एक्सबक्स कन्सोलमा समेत एचडीआर सपोर्ट उपलब्ध गराएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
ताजा अपडेट
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लक्ष्मी बैंकको नयाँ वर्ष अफरः 'अरेन्ज सेभिङ प्लस' खातामा आकर्षक सुविधा
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त