Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
एनसेलले रिङ रोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै
आर्थिक पाटी संवाददाता
२०७७-१०-९
बिचार / प्रतिक्रिया
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।
यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । यसै पहल अन्तर्गत एनसेलले एकान्तकुना देखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ । यस ग्रीन बेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ । यस अघि एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने “वन तथा भू–संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङ रोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँ बायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको एक उत्तम उदाहरण हो । यो पहलले समुदायमा स्वच्छ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने विश्वास लिएका छौ । यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणका लागि हामीले गरेका कार्यक्रमहरु मध्ये एक हो । दीर्घकालिन प्रभाव पर्ने दीगो पहलहरुमा योगदान गर्ने हाम्रो उदेश्य रहेको छ ।”
वन तथा भु–संरक्षण विभागका महानिर्देशक मन बहादुर खडका भने, “वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियान अन्तर्गत यो रिङ रोड ग्रीन बेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिकाका समन्यवयका साथ एनसेलसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं । रुख रोप्न सजिलो छ तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ र यो काम एनसेलले गर्दैछ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो योजनाको जिम्मेवारी लिएर यसको राम्रो हेरचाह हुने विश्वास दिलाएकोमा हामी एनसेल प्रति आभारी छौं ।”
यो योजना कार्यान्वयन गर्न वन
तथा भु–संरक्षण विभाग र एनसेलकाबीच भएको सहकार्यको प्रसंशा गर्दै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, “यो योजनाले हाम्रो हरियाली विकास तथा वातावरण संरक्षण सम्बन्धी ग्रीन एन्ड ब्लु क्याम्पेनमा ठूलो योगदान दिने भएकोले हाम्रो ललितपुर महानगरपालिका यो योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनैपनि सहयोग प्रदान गर्न तयार छ ।”
एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।
वातावरण संरक्षण पहल अन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्दैछ । यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफल कार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा
बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
ताजा अपडेट
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त