Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध
रासस
२०७७-०८-५
बिचार / प्रतिक्रिया
काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।
विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्यारउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ ।
यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।
प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।
यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
रासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्य सुरु
महासंघको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ ː अर्थमन्त्री पौडेल
यसरी गरिनेछ १० लाख कोरोना खोपको वितरण
ताजा अपडेट
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
बजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी कम्पनी बन्न सफल
रासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्य सुरु
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
महासंघको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार
अब जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा
राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने कर तथा राजस्व मोबाईल बैकिङबाटै भुक्तानी गर्न सकिने
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ ː अर्थमन्त्री पौडेल
यसरी गरिनेछ १० लाख कोरोना खोपको वितरण
लोकप्रिय
सरकारले ल्यायो ‘नागरिक एप’, सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरु लिन सकिने
एउटै व्यक्तिलाई पटक–पटक उपकुलपति नबनाइयोस् ː केयू प्राध्यापक संघ
ओपो र ‘द भ्वाइस अफ नेपाल–३’ विच सहकार्यको आधिकारिक घोषणा
आरटीजीएस र मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण
सानिमा बैंक ललितपुरको महालक्ष्मी (इमाडोल)मा
प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा सम्पन्न
सीमा विवादको विषय उठ्यो तर औपचारिक एजेण्डा बनेन
चन्द्रागिरिको आईपीओ भर्नेलाई केबलकारमा २५ प्रतिशत छुट